नेपाली सेनाका लेस नायक सोल्टीमोडमा मृत अवस्थामा फेला

शनिबार, १८ कार्तिक, २०८०
डिजिटल संस्करण

नेपाली सेनाका लेस नायक सोल्टीमोडमा मृत अवस्थामा फेला परेका छन् । उनको शव शनिबार बिहान ६:१५ बजे काठमाडौंको सोल्टिमोड स्थित दरवार बैंकेट अगाडि सडक पेटिमा लडिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

काठमाडौंको चन्द्र गिरी नगरपालिका वडा नं. ६ घर भएका २६ वर्षीय सुमन कार्की मृत फेला परेका हुन् । उनको साथमा नेपाल आर्मीको आईडी कार्ड रहेको र उनी गणेश दल गण जंगी अड्डा भद्रकालीमा दरवन्दी भई लेस नायक दर्जामा कार्यरत रहेको  प्रहरीको भनाई छ । उनकाे मृत्युको कारण खुलेको छैन । तर, उनको हत्या भएको हुनसक्ने आशंका गरिएको छ । 

सुझावित समाचार