टिभिएस अपाचे आरटिआर १६० भी फोर एफआईको विशेष संस्करण नेपालमा सार्वजनिक हुने तयारीमा रहेको छ । टिभिएस मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सले उक्त मोटरसाइकलको विशेष संस्करण नेपालमा सार्वजनिक गर्ने तयारी गरेको हो ।
अपाचे आरटिआर १६० भी फोर एफआई सेग्मेन्टमा ग्राहकका लागि थप छनोटको विकल्प दिने उद्देश्यका साथ विशेष संस्करण ल्याउने तयारी भएरहेको कम्पनीले जनाएको छ ।
उक्त मोटरसाइकलको विशेष संस्करणमा कम्पनीले सेग्मेन्टमै पहिलोपटक विभिन्न थप फिचर पनि उपलब्ध गराउने जनाइएको छ । कम्पनीले सेग्मेन्टमै पहिलोपटक तीन राइडिङ मोड तथा समायोजनको सुविधासहितको ह्यान्ड ब्रेक लिभर र क्लच लिभर पनि उपलब्ध गराउने सम्भावना रहेको कम्पनीको भनाइ छ । साथै, हल्का र लाउडर बुल्पप एड्जस्ट डिजाइनसँगै टिभिएसका उपभोक्ताले बाटो र मौसमको आवश्यकताअनुसार ड्राइभिङ मोड छनोट गर्न सक्ने उल्लेख छ ।
उक्त मोटरसाइकलमा स्पोर्टी बडी डिलक्स र स्पेसल कलर थिममा तयार गरिएको कम्पनीको भनाइ छ । जगदम्बा मोटर्स नेपालमा टिभिएसका दुईपांग्रे सवारीसाधनका लागि आधिकारिक वितरक हो । कम्पनीले देशभर एक सय ४० भन्दा बढी डिलरमार्फत बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गरिरहेको जनाएको छ ।