रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

शुक्रबार, १७ कार्तिक, २०८०
डिजिटल संस्करण

सर्लाहीको लालबन्दीमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । गएराति लालबन्दी नगरपालिका– १७, कालिन्जोरस्थित पूर्व–पश्चिम राजमार्गमा बिग्रिएर रोकिराखेको ट्रकको पछाडिबाट मोटरसाइकल ठोक्किएको हो ।

दुर्घटनामा परेर प्रदेश २–०३–००४–५३५५ नम्बरको मोटरसाइकलका चालक सर्लाहीको हरिवन नगरपालिका– ११, बस्ने मुकेशकुमार गुप्ता र मोटरसाइकलमा सवार सोही स्थानका ३५ वर्षका सुनीलकुमार गुप्ताको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिम जाँदै गरेको मोटरसाइकल सोही दिशातर्फ आउँदै गर्दा बिग्रिएर रोकिराखेको बिआर०६ जिडी ३१४१ नम्बरको ट्रकमा ठोक्किएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । 

दुर्घटनामा परेर गम्भीर घाइते भएका मुकेशको उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । यसैगरी, सुनीललाई जनसेवा अस्पताल बर्दिवास पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका हुन् । दुर्घटनामा परेका दुवैजनाको टाउको, नाक, मुखलगायत शरीरका विभिन्न भागका चोट लागेको थियो ।

See More On

सुझावित समाचार