होटल संघ पोखराको आयोजना एवं पोखरा महानगरपालिकाको सहयोगमा पूर्वी नेपालका प्रमुख सहरहरूमा पर्यटन प्रवर्द्धन कार्यक्रम गरिने भएको छ ।
पोखरामा आन्तरिक पर्यटनलाई चलायमान बनाउने लक्ष्यका साथ ‘जाऊँ है पोखरा’ कार्यक्रम लिएर यही कात्तिक १६ गते बिहीबारदेखि पाँचदिने अभियानसहित पर्यटन व्यवसायी र सञ्चारकर्मीको टोली पूर्वी नेपाल जान लागेको होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।
संघले दुई दशकअघिदेखि नेपालभित्रका विभिन्न सहरमा ‘जाऊँ है पोखरा’ अभियान सञ्चालन गर्दै आएको उनले बताए ।