गुटेरेसको सुरक्षामा खटिएका असइको लेक लागेर मृत्यु

बिहिबार, १६ कार्तिक, २०८०
डिजिटल संस्करण

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षार्थ खटिएका एक प्रहरी सहायक निरीक्षक (असइ)को लेक लागेर बुधबार मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वत मोदी गाउँपालिका– ६ घर भई घान्द्रुक प्रहरी चौकीका इन्चार्ज रहेका टीकाराम ढुंगाना रहेका छन् ।

महासचिव गुटेरेसले मंगलबार अन्नपूर्ण आधार शिविरको भ्रमण गरेका थिए । ढुंगाना ४,१३० मिटर उचाइमा रहेको कास्कीको अन्नपूर्ण गाउँपालिका– ११ स्थित आधार शिविरमा ११ कात्तिकदेखि सुरक्षार्थ खटिएका थिए । 

आधार शिविरबाट मंगलबार उनीसहित अन्य दुईजना प्रहरी २,३५० मिटर उचाइमा रहेको हिमालयस्थित होटेल हिमालय गेस्टहाउसमा आएर वास बसेका थिए । ४२ वर्षका ढुंगाना बुधबार बिहान पैदल मार्ग हुँदै हिमालयबाट पोखरा फर्किने क्रममा बिहान श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि हेलिकोप्टरमार्फत पोखरामा रहेको मणिपाल शिक्षण अस्पताल पुर्याइएको थियो । तर, बिहान ९:४६ मा थापालाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए ।

स्थानीय पर्यटन व्यवसायी दिलीप गुरुङका अनुसार मंगलबार आधार शिविरबाट झर्ने क्रममा ढुंगानाले सँगै रहेका अरूलाई ‘म बिस्तारै आउँछु, तपाईंहरू जाँदै गर्नुस्’ भनेका थिए । बुधबार बिहान उनले वास बसेको होटेलमा सुप खाएका थिए । 

See More On

सुझावित समाचार