नेपालका बायाँहाते कुशल मल्लले मलेसियाविरुद्ध अर्धशतकीय इनिङ्स पूरा गरेका छन् । त्रिवि क्रिकेट मैदानमा मंगलबार मलेसियाले दिएको एक सय ६६ रनको लक्ष्य पछ्याएको नेपालका मल्लले केवल २६ बलमा अर्धशतक पूरा गरेका हुन् । याे उनको तेस्रो अन्तर्राष्ट्रिय टी–२० अर्धशतक हो ।
उनले २५ टी–२० अन्तर्राष्ट्रिय खेलमा एक शतक लगाएका छन् । मल्लले २७ बलमा ६ छक्का र एक चाैका प्रहार गरेका छन् । यसैगरी इनिङ्सको १३.५ ओभरमा नेपालले कप्तान रोहितकुमार पौडेलको विकेट गुमाएको छ । रोहितले आठ बलमा दुई रनको योगदान दिए । रोहित आउट हुँदा नेपाल १३३–३ को अवस्थामा छ ।