मलेसियाले गुमायो चौथो विकेट

मंगलबार, १४ कार्तिक, २०८०
डिजिटल संस्करण

आइसिसी टी–२० विश्वकप एसियन छनोटमा मंगलबार नेपालका कप्तान रोहितकुमार पौडेलले मलेसियाका श्रभिन मुनिआन्द्रीको विकेट लिएका छन्। 

इनिङ्सको १३.६ ओभरमा रोहितले श्रभिनलाई कट एन्ड बोल्ड गरेका थिए। श्रभिनले १२ बलमा दुई चौकाको सहयोगमा १३ रन बनाए। उनी आउट हुँदा मलेसियाले ११९–४ को प्रदर्शन गरेको छ। 

यसअघि मलेसियाका ओपनर सायद अजिजले नेपालविरुद्ध अर्धशतकीय इनिङ्स खेलेका छन्। आइसिसी टी–२० विश्वकप एसियन छनोटमा अजिजले नेपालविरुद्ध सुरुदेखि नै आक्रामक ब्याटिङ गरेका छन्। 

उनले नेपालका कप्तान रोहितकुमार पौडेलको व्यक्तिगत दोस्रो ओभरमा लगातार दुई चौका र एक छक्का प्रहार गरी अर्धशतक बनाएका हुन् । अजिजले ४५ बलमा सात चौका र दुई छक्का प्रहार गरी ६२ रन बनाएका छन्। 

सुझावित समाचार