नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । सोमबार नेप्से ३.०४ अंकले बढेर एक हजार आठ सय ७८.७० अंकमा कायम भएको छ ।
आज दुई सय ८७ कम्पनीको २८ लाख २४ हजार सात कित्ता सेयर ३० हजार दुई सय ३७ पटक खरिद बिक्री हुँदा रु. ६९ करोड ४२ लाख २२ हजार दुई सय १७ बराबरको कारोबार भएको छ।
आज होटेल तथा पर्यटन समूह ०.४२, उत्पादन तथा प्रशोधन समूह ०.८० र म्युचुअल फन्ड ०.४६ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै निर्जीवन बिमा समूह ०.८६ र व्यापार समूह ०.८१ प्रतिशतले बढेको छ।
आज सबैभन्दा धेरै पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ७.८२ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा सोनापुर मिनरल्स एन्ड आयल लिमिटेड छ। यसको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
कारोबार भएका सेयर संख्याका आधारमा आज सबैभन्दा धेरै साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको रु. तीन करोड ६० लाख ७४ हजार सात सय ४० बराबरको सेयर किनबेच भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा भने सिद्धार्थ बैंक लिमिटेड प्रमोटर सेयर दुई लाख कित्ता किनबेच भएको छ।