सुनको मूल्य अहिलेसम्मकै महँगो भएको छ। आइतबार नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला एक लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
गएको शुक्रबार तोलाको एक लाख १६ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा एक हजार रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै, चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर एक हजार चार सय १५ रुपैयाँ पुगेको छ।