चाडपर्वको अवसरमा एनसेल आजियाटा लिमिटेडले प्रिपेड तथा पोस्टपेड ग्राहकलाई आकर्षक रिचार्जमा बोनस अफर ल्याएको छ । बडादसैँ २०८० को उपलक्ष्यमा ल्याइएको यो योजनाअन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले दुई सय वा सोभन्दा बढीको रिचार्जमा डेटा बोनस प्राप्त गर्नेछन् । यो योजना १ कात्तिकदेखि लागू भई कात्तिक १५ सम्म सञ्चालनमा रहनेछ ।
योजनाअन्तर्गत, ग्राहकले रिचार्ज गरेको रकमका आधारमा दुई हजार एमबिदेखि आठ हजार एमबी बोनस डेटा प्राप्त गर्नेछन् । दुई सयदेखि चार सय ९९ सम्म ब्यालेन्स रिचार्ज गर्दा चार सय एमबी अल टाइम डेटा र बेलुका ११ बजेदेखि बेलुका ६ बजेसम्म (१९ घन्टा) प्रयोग गर्न सकिने १६ सय एमबी डेटा बोनस प्राप्त गर्नेछन् ।
त्यस्तै, पाँच सयभन्दा बढी ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले २४ सय अल टाइम डेटा र बेलुका ११ बजेदेखि बिहान ६ बजेसम्म (१९ घन्टा) प्रयोग गर्न सकिने ५६ सय एमबी डेटा बोनसस्वरूप प्राप्त गर्नेछन् । बोनसस्वरूप प्राप्त डेटा भोलुम दुई दिनका लागि मान्य रहनेछ ।
दसैँको अवसरमा ल्याइएको अफरसँगै एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘हाम्रा ग्राहक र ग्राहकको एनसेलसँगको सेवा अनुभव हाम्रा लागि अत्यन्त महŒवपूर्ण छ । यो चाडपर्वको अवसरमा ल्याइएको यो योजनाले हाम्रा ग्राहकको सञ्चारको आवश्यकतालाई पूरा गर्न महŒवपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ ।’