ब्याजको हिसाब कुन आधारमा गरिन्छ ?

अर्थ ज्ञान

बुधबार, १ कार्तिक, २०८०
डिजिटल संस्करण

कर तिर्नुपर्ने मितिदेखि कर दाखिला गर्न बाँकी रहेको अवधिभरका लागि यस्तो तिर्न बाँकी कर रकममा प्रत्येक महिना र महिनाको भागमा सामान्य ब्याजदरले (१५ प्रतिशत वार्षिकका दरले) ब्याज लाग्छ । किस्ताबन्दी करको हकमा सम्बन्धित किस्ता बुझाउनुपर्ने मितिबाट आगामी आवको असोज मसान्तसम्मको अवधिका लागि तिर्न बाँकी कर रकममा सामान्य ब्याजदरले ब्याज लाग्छ ।

त्यसैगरी, आय विवरणसाथ दाखिला गर्नुपर्ने कर रकमको हकमा सम्बन्धित आय वर्षपछिको असोज मसान्तपश्चात्को कर दाखिला नभएसम्मको अवधिका लागि तिर्न बाँकी रकममा ब्याज लाग्छ र विवरण दाखिला गर्न म्याद थप पाएको भए पनि यस्तो थप म्यादका लागि ब्याज छुट हुँदैन । 

यदि करदाताले आयको कम घोषणा गरी कार्यालयबाट थप करको दायित्व सिर्जना भएको अवस्थामा आर्थिक वर्ष समाप्त भएको असोज मसान्तसम्म किस्ता कम बुझाएको हिसाबले ब्याज लाग्दछ भने कात्तिक १ देखि कर ढिला बुझाएको हिसाबले ब्याजको गणना गरिन्छ ।
– राजस्व विभाग

सुझावित समाचार