हमास आक्रमण : अनलाइन आवेदन दिएका थप १९ नेपालीकाे उद्धार

मंगलबार, ३० असोज, २०८०
डिजिटल संस्करण

इजरायलमा विद्रोही हमास समूहले आक्रमण गरेपछि स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ जनालाई सरकारले उद्धार गरेको छ। सराकारले भारतीय विमानमार्फत इजरायलमा रहेको १९ जना नेपालीको उद्धार गरेको हो।

परराष्ट्रमन्त्री एनपी साउदले मंगलबार इजरायलको तेलअभिभबाट भारतको उद्धार विमानमार्फत १९ नेपालीको उद्धार गरिएको जानकारी दिए । उनले भने, ‘१९ जना नेपाली नागरिक तेलअभिभबाट इन्डियन रेस्क्यु फ्लाइटबाट उड्दै छन् ।’

मन्त्रालयले स्थानीय समयअनुसार तेलअभिभबाट बिहान ९ बजे स्पाइस जेटमार्फत १९ नेपाली नागरिक आउने जनाएको छ। मन्त्री साउदले स्वदेश आउन लागेका नेपालीलाई दिल्लीस्थित दूतावासले सवारीसाधनको व्यवस्था गरेर नेपाल पठाउने पनि जानकारी दिए ।

नयाँदिल्लीस्थित दूतावासका अनुसार इजरायलबाट उद्धार गरी ल्याइएका नेपालीलाई गौरीफन्टा नाका भएर कैलाली भित्र्याइनेछ। कैलालीबाट जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई सम्बन्धित स्थानमा पुर्याउने तयारी गरिएको मन्त्रालयले जनाएको छ। उनीहरू मंगलबार बेलुकी ६–७ बजेसम्म नयाँदिल्ली पुग्ने बताइएको छ। 

यी हुन् उद्धार गरिएका नेपाली नागरिक
नन्दसिंह भुल
सुजेन्द्र खड्का
प्रतिभा रौनियार
अनुमा डंगोल
हिना खाण
आतिस गुरुङ
जुनु गुरुङ
मौसमी पाख्रिन
प्रतिमा तिम्सिना
राजकुमार मानन्धर
संगीता दुलाल
उर्मिला रावल
ममता थापा
दिलकुमारी अधिकारी कार्की
निश्चल श्रेष्ठ
समिता बस्नेत
अम्बिका सुवेदी
सरिता गुरुङ
उर्मिला श्रेष्ठ

सुझावित समाचार