कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ, एमाले र कांग्रेसबाट एक–एक मन्त्री नियुक्त

आइतबार, २८ असोज, २०८०
डिजिटल संस्करण

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई शपथ गराएका हुन्। शपथग्रहण समारोहमा कांग्रेसका शेखर काेइराला पक्षबाहेक गठबन्धन दलका नेताहरू भने अनुपस्थित रहेका थिए।

शपथग्रहणसँगै मुख्यमन्त्री कार्कीले एमाले र कांग्रेसबाट एक–एक मन्त्री नियुक्त गरेका छन्। एमालेबाट राम राना र कांग्रेसबाट शमशेर राई विनाविभागीयमन्त्री नियुक्त भएका हुन्।

सुझावित समाचार