एनआइसी एसिया बैंकको वार्षिक साधारणसभा सम्पन्न

आइतबार, २८ असोज, २०८०
डिजिटल संस्करण

एनआइसी एसिया बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभाले ३०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ।

आइतबार भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न साधारणसभाले गत आर्थिक वर्ष ०७९/८० को मुनाफा तथा सञ्चित मुनाफाबाट चुक्ता पुँजीको २९ प्रतिशत बोनस सेयर (रु. ३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५५६) र कर प्रयोजनार्थ १.५२६३ प्रतिशत नगद लाभांश (रु. १७ करोड ६५ लाख ३ हजार २४०) वितरणको प्रस्ताव स्वीकृत गरेको हो।

वार्षिक साधारणसभाले २९ प्रतिशत बोनस सेयर पारित गरेपश्चात् बैंकको कुल चुक्ता पुँजी रु. १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९ सय २२ पुगेको छ।

साथै, सभाले आर्थिक वर्ष ०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित ०८० असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वार्षिक विवरण स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्तावसमेत पारित गरेको छ।

सुझावित समाचार