हुम्लामा घरको छतबाट लडेर महिला गम्भीर घाइते

बिहिबार, २५ असोज, २०८०
डिजिटल संस्करण

सर्केगाड गाउँपालिका– ८ राहदेव गाउँमा एक महिला घरको छतबाट लडेर गम्भीर घाइते भएकी छिन्। बुधबार बेलुका घरको छतबाट लडेर सर्केगाड गाउँपालिका- ८ की ४० वर्षीया आइती रोकाया गम्भीर घाइते भएकी हुन्।

घाइते रोकायाको उपचार अभावमा घरमै छटपटाइरहेको उनका श्रीमान् रमेश रोकायाले जानकारी दिए। आर्थिक अभाव छ, बिरामीको उपचार गर्न सदरमुकाम सिमकोट लैजान दुई दिन पैदल हिँड्नुपर्ने बाध्यता रहेको रोकायाले बताए।

घरको छतबाट लडेर घाइते बिरामीको उपचारमा आर्थिक समस्या छ, बोकेर सदरमुकाम सिमकोट लैजान मान्छे पाउन मुस्किल भएको घाइते रोकाया श्रीमान् रमेश रोकायाले गुनासो गरे।

‘शरीरको पछाडिको हड्डी चलाउन मिल्दैन,’ नयाँ पत्रिकासँग बताए, ‘हामी गरिबहरूलाई आर्थिक छैन, घरमै छटपटाइरहेकी छिन् ।’ ‘गरिबका कुरा कसले सुनिदिन्छन् र,’ दुःखेसो पोखे। उनले उपचारका लागि सम्बन्धित निकायलाई आग्रह गरे।

See More On

सुझावित समाचार