हुम्लामा ट्याक्टर दुर्घटना हुँदा तीनजना घाइते

मंगलबार, २३ असोज, २०८०
डिजिटल संस्करण

हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ३ को ढाँटकेर्मीदेखि सदरमुकाम सिमकोट आउँदै गरेको ट्याक्टर दुर्घटना भएको छ। मंगलबार ढाँटकर्मीदेखि सामान लिएर सिमकोट आउँदै गरेको लु ४ त ७३२६ नम्बरको ट्याक्टर अपराह्न ४ बजे दुर्घटना भएको हो।

तीनजना सवार ट्याक्टर सिमकोट– ७ को सरिम भन्ने स्थानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए। पछाडिको ट्रली पल्टिँदा सवार तीनैजना घाइते भएका छन्।

घाइतेहरूको उद्धार गरी सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पताल ल्याउँदै गरिएको छ। घटनाको थप विवरण आउन बाँकी छ।

सुझावित समाचार