बलात्कार अभियोगमा २० वर्षीय युवक पक्राउ

आइतबार, २१ असोज, २०८०
डिजिटल संस्करण

बालिका बलात्कार गरेको अभियोगमा रौतहटमा एक युवक पक्राउ परेका छन्। गुजरा नगरपालिका– ५ लक्ष्मीपुरका २० वर्षीय नासिर इमामलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

गुजरा– ५ हरिहरपुरकी किशोरीलाई गुजरा– १ मा रहेको इँटाभट्टामा लगेर बलात्कार गरेको भन्दै किशोरीको परिवारले दिएको जाहेरीका आधारमा प्रहरीले इमामलाई शनिबार पक्राउ गरेको हो।

आइतबार जिल्ला अदालत गौरबाट सात दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

सुझावित समाचार