ओएसआर डिजिटलका सञ्चालक अग्रवाल पक्राउ, चार दिन हिरासतमा राख्न अनुमति

आइतबार, २१ असोज, २०८०
डिजिटल संस्करण

ओएसआर डिजिटल प्रालिका सञ्चालक ओमप्रकाश अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ।

शुक्रबार दरबारमार्गबाट पक्राउ परेका उनीमाथि काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ‘प्रसाद २’ चलचित्रका निर्माता सुदर्शन बस्नेतले दिएको जाहेरीका आधारमा अग्रवाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

आफ्नो अनुमतिविना सो चलचित्र प्रसारण गरी एक करोड ५० लाख आर्थिक नोक्सानी पुर्याएको भन्दै निर्माता बस्नेतले ठगी, आपराधिक विश्वासघात तथा आरापराधिक लाभ लिएको भन्दै गत भदौ १५ गते जाहेरी दिएका थिए।

सोही कसुरमा सुदर्शन थापा र मिलन श्रेष्ठविरुद्ध समेत जाहेरी परेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार