एसियाड : कराँतेमा एरिका फाइनलमा, रजत पदक पक्का

शनिबार, २० असोज, २०८०
डिजिटल संस्करण

चीनको हाङझाउमा जारी १९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गत कराँतेमा एरिका गुरुङ फाइनलमा पुगेकी छिन्।

६८ केजी तौल समूहमा सेमिफाइनलमा हङकङकी यान काई होलाई ८–४ ले हराउँदै उनी फाइनल पुगेकी हुन्। उनले क्वार्टरफाइनलमा जापानकी खेलाडीलाई हराएकी थिइन्।

एरिकाले फाइनल पुगेलगत्तै रजत पदक पक्का गरेकी छिन्। अब स्वर्ण पदकका लागि उनले काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग आज शनिबार नै खेल्नेछिन्।

सुझावित समाचार