भन्सार छली गरेको ३३ बोरा चिनी प्रहरीद्वारा बरामद

शुक्रबार, १९ असोज, २०८०
डिजिटल संस्करण

उदयपुरमा भन्सार छली गरेर ल्याइएको चिनी र सख्खर प्रहरीले बरामद गरी भन्सार कार्यालयलाई बुझाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिनन्दन चौधरीका अनुसार ३३ बोरा चिनी अन्दाजी मूल्य एक लाख २३ हजार सात सय ५० र सख्खर १० केजी अन्दाजी मूल्य पाँच सय मात्र गरी जम्मा एक लाख २४ हजार दुई सय ५० को समान भन्सार कार्यालयलाई बुझाएको हो ।

बिहीबार उक्त गाडीमा जिल्ला उदयपुर त्रियुगा नगरपालिका– ११ बस्ने वर्ष ३५ को रञ्जित चौधरीले भन्सार छली ल्याएका थिए। त्रियुगा नगरपालिका– ११ स्थितमा रहेको रामजानकी पार्टी प्यालेसअगाडि शंकास्पद अवस्थामा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको स.१ज १४७८ नम्बरको पिक अप गाडी चेकजाँच गर्ने क्रममा उक्त गाडीबाट चिनी र सख्खर बरामद भएको थियो ।

प्रहरीले उक्त पिकअप भ्यानसमेत नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई आवश्यक अनुसन्धानपश्चात् उक्त सरसामान, सवारीसाधन र चालकसमेत थप कारबाहीका लागि श्री सेतुबन्दु भन्सार कार्यालय कोशी ब्यारेज सुनसरी पठाइएको चौधरीको भनाइ छ । 

See More On

सुझावित समाचार