असोज २८ मा ‘खाँदबारी रन– खुला दौड प्रतियोगिता’ हुने

बिहिबार, १८ असोज, २०८०
डिजिटल संस्करण

संखुवासभाको सदरमुकाम खाँदबारीमा ‘खाँदबारी रन’ प्रतियोगिता हुने भएको छ। आयोजक खाँदबारी युथ क्लबले बुधबार पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताबारे जानकारी दिएको हो।

दसैँको अवसरमा यही असोज २८ गते घटस्थापनाको दिन ‘खाँदबारी रन–खुला दौड प्रतियोगिता २०८०’ को आयोजना गरिएको क्लबका महासचिव सुरेन शाक्यले जानकारी दिए। बर्सेनि चाडपर्वको समयमा गर्दै आएको कार्यक्रमको निरन्तरता स्वरूप ‘खाँदबारी रन–खुला दौड प्रतियोगिता २०८०’को आयोजना गरिएको बताए ।

‘आन्तरिक पर्यटन प्रवर्द्धन गरौँ’ भन्ने मूल नारासहित प्रतियोगिताको आयोजना गरिएको हो। प्रतियोगितामा विभागीय पुरुष टिम, खुला पुरुष टिम र महिला टिम गरी तीन टिम रहनेछन्। प्रतियोगिताका विजेताले सात–सात हजार रुपैयाँ, द्वितीयले पाँच–पाँच हजार रुपैयाँ र तृतीयले तीन–तीन हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

सुझावित समाचार