नेपाल एसबिआई बैंक लिमिटेड र कैलालीको टीकापुरमा रहेको साथी अस्पताल एन्ड रिसर्च सेन्टरबीच छुटसम्बन्धी सम्झौता भएको छ । बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्तालाई छुट दिने सम्झौता भएको हो ।
सम्झौतामा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सन्तोषकुमार भण्डारी तथा अस्पतालका अध्यक्ष जगदीश्वर पण्डितले हस्ताक्षर गरेको जनाइएको छ । सम्झौताअनुसार अस्पतालको सेवा लिएबापत एसबिआई बैंकका ग्राहकले कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गरेमा छुट पाउने बैंकले जनाएको छ ।
‘९% ऋणपत्र–२०८९’ नेप्सेमा सूचीकृत
नेपाल एसबिआई बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । बैंकको ‘९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र–२०८९’ सूचीकृत भएको हो । प्रतिसेयर अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ दरका जम्मा १४ लाख १८ हजार तीन सय ६६ कित्ता ऋणपत्र सूचीकृत भएको बैंकले जनाएको छ ।