घुस लिएको अभियोगमा महतोविरुद्ध मुद्दा दायर

मंगलबार, १६ असोज, २०८०
डिजिटल संस्करण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रका कार्यरत फोरमेन बिर्जुकुमार महतोविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार एक उद्योगमा विद्युतको क्षमतामा वृद्धि गरिदिएबापत महतोलाई सेवाग्राहीसँग रु २५ हजार घुस माग गरिरहेको अवस्थामा गत भदौ १९ गते पक्राउ गरिएको थियो। आयोगका अनुसार आरोपी महतोलाई बिगोबमोजिम कारबाहीको माग गरिएको छ।

सुझावित समाचार