सार्वजनिक शिक्षामा अपांगता भएका विद्यार्थीको पहुँच स्थापना गर्न विधेयकमा काम गर्छौँ : बर्तौला

सोमबार, १५ असोज, २०८०
डिजिटल संस्करण

नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले सार्वजनिक शिक्षामा अपांगता भएका विद्यार्थीहरूको पहुँच स्थापना गर्न विधेयकमा काम गर्ने बताएका छन्।

नेत्रहीन युवा संघ, नेपालको आयोजनामा अपांगता भएका युवाहरूको लागि भएको नमुना संसद् अभ्यास कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। बर्तौलाले अपांगता भएकाहरूको महत्वपूर्ण सवालहरूः निःशुल्क सार्वजनिक शिक्षा, स्वास्थ्य बिमा तथा स्वास्थ्य सेवा, रोजगारीमा पहुँच स्थापनालगायतमा राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिए।

‘सरकारले शिक्षा विधेयक संसदमा टेबुल गरिसकेको छ। अपांगता भएका व्यक्तिहरूको शिक्षासँग जोडिएका कयौँ विषयहरू रहेका छन्। शिक्षामा अपांगता भएका विद्यार्थीहरूको पहुँच स्थापना गर्ने गरी कसरी काम गर्नुपर्ने हुन्छ, हामी गर्नेछौँ,’ उनले भने।

सुझावित समाचार