हेटौँडामा बस र विंगर जिप एक–आपसमा ठोक्किँदा नौजना घाइते

सोमबार, १५ असोज, २०८०
डिजिटल संस्करण

मकवानपुरको हेटौँडामा सोमबार बिहान् यात्रुबस र विंगर जिप  एक–आपसमा ठक्कर खाई दुर्घटना हुँदा नौजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका– १५ चुरियामाईनजिकै दुर्घटना भएको हो ।

वीरगन्जजबाट काठमाडौंतर्फ जाँदै गरेको प्र.२–०३–००१ ज २११ नम्बरको विंगर र नेपालगन्जबाट सिन्धुलीतर्फ जाँदै गरेको ना.७ख १६४३ नम्बरको बस एक- आपसमा ठक्कर खाई दुर्घटना भएको मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको भण्डारीले जानकारी दिए ।

सुझावित समाचार