वीरगन्जको घण्टाघरमा जडान भएको बत्ती चोरी

शनिबार, १३ असोज, २०८०
डिजिटल संस्करण

वीरगन्जको मुटु भनेर चिनिने घण्टाघरमा जडान भएको बत्ती अज्ञात समूहले चोरी गरेको छ।

करिब चार महिनाअघि घण्टाघरलाई उज्यालो र आकर्षक बनाउन पर्खाल वरिपरि जडान गरिएको बत्ती शुक्रबार राति तोडफोडका साथै चोरी भएको हो।

महानगरपालिका कार्यालयले वीरगन्जलाई सौन्दर्यीकरण कार्यक्रमअन्तर्गत घण्टाघरको रंगरोगन गर्नुका साथै बिजुली बत्ती जडान गरेर आकर्षक बनाएको थियो।

घटनास्थलमा २४ घण्टा नै नेपाल र सशस्त्र प्रहरीको टोली बसेको भए पनि बत्ती तोडफोड र चोरी भएको हो। महानगर प्रमुख राजेशमान सिंहले सामाजिक सञ्जालमार्फत घटनाप्रति खेद प्रकट गरेका छन्। उनले सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने दायित्व सबैको हुने औँल्याएका छन्।

‘यसलाई के भन्ने? मसँग कसैको रिस छ, ममाथि उतार्ने हो। वीरगन्जको सौन्दर्यसँग जुटेको कुरालाई तोडेर फ्याँक्नु कतिसम्म उचित हो?’ प्रमुख सिंहले सामाजिक सञ्जालमा लेखेका छन्।

See More On

सुझावित समाचार