एमाले बागमती प्रदेशको अध्यक्षमा ढुंगेल विजयी, सचिवमा एक मतले हारजित

शुक्रबार, १२ असोज, २०८०
डिजिटल संस्करण

एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाशप्रसाद ढुंगेल विजयी भएका छन् । 

अर्का उम्मेदवार कृष्णप्रसाद दाहाललाई पराजित गर्दै ढुंगेल प्रदेश अध्यक्षमा विजयी भएका हुन् ।

कुल खसेको एक हजार १३१ मतमध्ये ढुंगेलले ६९६ मत प्राप्त गरे । दाहालले भने ४२९ मत ल्याए ।

उपाध्यक्षमा दावादोर्जे लामा, सचिवमा नवराज सिलवाल, खुला उपसचिवमा प्रेम महर्जन, महिला सचिवमा भक्तकुमारी लामा निर्वाचित भए ।

सचिवमा सिलवाल एक मतले विजयी भएका हुन् । सिलवालले ५६८ मत ल्याउँदा अर्का उम्मेदवार हस्त पण्डितले ५६७ मत प्राप्त गरे ।

सुझावित समाचार