एसियाड : बक्सिङमा रविन प्रिक्वार्टरफाइनल प्रवेश, अन्तिम १६ मा उत्तर कोरियासँग खेल्ने

सोमबार, ८ असोज, २०८०
डिजिटल संस्करण

१९औँ एसियाडअन्तर्गत पुरुष बक्सिङमा नेपालका रविन थापा प्रिक्वार्टरफाइनलमा पुगेका छन्। 

हाङझाउ जिम्न्यासियममा भएको पुरुष ५१ केजीअन्तर्गत अन्तिम ३२ को खेलमा रविनले इन्डोनेसियाका खेलाडी दियो कोएबानुलाई अंकको आधारमा ४–१ ले हराएका थिए। रविनले अब अन्तिम १६ मा उत्तर कोरियाका चोनयोङ सोसँग खेल्नेछन्।

जुडो : मनिता, जंग र पुनमको हार

जुडोमा सोमबार तीन खेलाडीले प्रतिस्पर्धा गरेकोमा सबै पराजित भए । नेपालका मनिता श्रेष्ठ, जंगबहादुर सारू र १३औँ दक्षिण एसियाली खेलकुदकी स्वर्णधारी पुनम श्रेष्ठ इप्पोनका आधारमा पराजित भए। 

महिला ५७ केजीमुनि मनीता तुर्कमेनिस्तानकी मायसा पार्दायेभा तथा ७५ केजीमुनि पुनम मंगोलियाकी इड्रेना नयम बात्सुरीसँग पराजित भए। पुरुष ८१ केजीमुनि फिलिपिन्सका भिरोन जोन फेरेरले जंगबहादुरलाई हराए।
 

See More On

सुझावित समाचार