भाटभटेनीमा मञ्जुश्रीको छुट अफर

शुक्रबार, २९ भदौ, २०८०
डिजिटल संस्करण

मञ्जुश्री फाइनान्स लिमिटेड र भाटभटेनी सुपर मार्केटको सहकार्यमा बुबाको मुख हेर्ने दिन, हरितालिका तिज र संविधान दिवसको पावन अवसर पारेर असोज ३ गतेसम्मका लागि विशेष छुट अफर सुरु भएको छ । 

भाटभटेनी सुपर मार्केटमा एक हजारभन्दा माथिको बिल भुक्तानी गर्दा मञ्जुश्रीको मोबाइल बैंकिङ एपमार्फत बिल भुक्तानी गरेमा एक सय ५० देखि तीन सय ५० रुपैयाँसम्म छुट पाउने अफर सुरु भएको हो ।

यो सुविधा उपयोग गरी सबै ग्राहक लाभान्वित हुने फाइनान्सले विश्वास लिएको छ । हाल फाइनान्सले नयाँ बानेश्वरको केन्द्रीय कार्यालयसहित २६ शाखामार्फत नेपालका प्रमुख सहरमा सेवा पुर्याउँदै आएको छ ।

सुझावित समाचार