दोस्रो मैत्रीपूर्ण फुटबलमा नेपाल पराजित

सोमबार, २५ भदौ, २०८०
डिजिटल संस्करण

८७औँ मिनेटमा काउन्टर अट्याकमा गोल खाएपछि नेपाल दोस्रो मैत्रीपूर्ण फुटबल प्रतिस्पर्धामा म्यानमारसँग १–० ले पराजित भएको छ।

गत शुक्रबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले म्यानमारसँग बराबरी खेलेको थियो। सो खेलमा अञ्जन विष्ट पेनाल्टीमा गोल गर्न चुकेपछि नेपालले स्पष्ट जितको अवसर गुमाएको थियो।

आजको खेलमा भने ८६औँ मिनेटमा मनीष डाँगीको पासमा लकेन लिम्बूले प्रहार गरेको बल म्यानमारको पोस्टमा लागेर बाहिरिनु नै दुःखद बन्यो। किनभने, त्यसपछि म्यानमारले काउन्टर अट्याकमा विन न्याङले गोल गर्दै नेपालसँग जित निकाले।

सुझावित समाचार