सिटिजन्स बैंकका ग्राहकलाई बुटवल हार्ट क्लिनिकमा छुट

सोमबार, २५ भदौ, २०८०
डिजिटल संस्करण

 सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले रुपन्देहीको बुटवल हार्ट क्लिनिकमा छुट पाउने भएका छन् । बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा बैंकर क्लिनिकबीच समझदारी भएको हो ।  

समझदारीअनुसार सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकले बुटवल हार्ट क्लिनिकमा १० प्रतिशतसम्मको छुट पाउने जनाइएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकले विश्वास व्यक्त गरेको छ । 

हाल बैैंकले देशभरमा एक सय ८८ शाखा, एक सय ४८ एटिएम, तीन विस्तारित काउन्टरका साथै ९७ वटा शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिइरहेको जनाएको छ । 
 

सुझावित समाचार