सुन तस्करी प्रकरणमा भन्सार अधिकृतसहित तीन कर्मचारी पक्राउ

शनिबार, २३ भदौ, २०८०
डिजिटल संस्करण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गर्दा बरामद भएको ६० किलो सात सय १६ ग्राम सुन प्रकरणमा विमानस्थल भन्सार कार्यालयका तीनजना कर्मचारी पक्राउ परेका छन्। 

पक्राउ पर्ने भन्सार अधिकृत पुष्पा जोशी, नायब सुब्बा वीरेन्द्र नेपाली र कमल परियार रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए। उनका अनुसार केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। 

विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन राजस्व अनुसन्धान विभागको टोलीले गएको साउन ३ गते सिनामंगल क्षेत्रबाट नियन्त्रणमा लिएको थियो। उक्त प्रकरणमा हालसम्म पक्राउ पर्नेको संख्या ३० जना पुगेको प्रहरीको भनाइ छ।
 

सुझावित समाचार