एमसिसीको व्याख्यात्मक घोषणासँग सहमत छौँ : अमेरिकी दूतावास

मंगलबार, १२ भदौ, २०८०
डिजिटल संस्करण

अमेरिकी राजदूतावासले गत वर्ष संसदबाट एमसिसी पारित हुँदा थपिएको व्याख्यात्मक घोषणासँग सहमत भएको पुनः स्पष्ट पारेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत सत्तारुढ दलका नेताले नै व्याख्यात्मक टिप्पणीबारे प्रश्न उठाएपछि अमेरिकाले प्रतिक्रिया जनाएको हो।

‘एमसिसीले गत वर्ष व्याख्यात्मक घोषणा प्राप्त गरेको थियो। हामी उक्त व्याख्यात्मक घोषणासँग सहमत छौँ,’ अमेरिकी राजदूतावासले नयाँ पत्रिकाको जिज्ञासामा पठाएको लिखित प्रतिक्रियामा भनिएको छ,  ‘नेपालको संविधान एमसिसी नेपाल कम्प्याक्टभन्दा माथि छ भन्ने लगायत कम्प्याक्टका सर्तहरूसम्बन्धी हाम्रो बुझाइसँग उक्त व्याख्यात्मक घोषणा सम्मत छ भन्ने हामीलाई लागेको छ।’

See More On

सुझावित समाचार