सुन तस्करीसहित सबै विषयमा छलफल हुन्छ : नवनिर्वाचित सभापति खतिवडा

सोमबार, ११ भदौ, २०८०
डिजिटल संस्करण

प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका नवनिर्वाचित सभापति रामहरि खतिवडाले सुन तस्करीलगायत सबै विषयमा समितिमा छलफल हुने बताएका छन्। सोमबार निर्विरोध निर्वाचित भएसँगै उनले सबै पक्षलाई मिलाएर समितिले निर्णय गर्ने परम्पराको विकास गर्ने प्रतिबद्धता व्यक्त गरे।

खतिवडाले भने, ‘म कांग्रेसबाट निर्वाचित भए पनि यो समिति पक्ष, विपक्ष नगरीकन सबैको पक्ष बनाएर हामी यसलाई अहिलेको समसामयिक विषयमा सबैसँग सल्लाह गरेर निर्णय गर्ने परम्पराको विकास गर्छौँ। मेरो होइन, हाम्रो भन्ने परम्पराको विकास गरेर अगाडि बढ्छ। यो समितिमा बहुमत, अल्पमतबाट निर्णय गर्नेभन्दा पनि सबैको सल्लाहबाट नै निर्णय गर्ने पक्षमा छौँ।’

नवनिर्वाचित सभापति खतिवडाले राज्य व्यवस्था तथा सुशासन समिति संवेदनशील समिति पनि भएकाले आफूहरूले सोहीअनुसारको कार्ययोजना बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

सुझावित समाचार