ब्रिक्स समूहमा थपिँदै ६ नयाँ राष्ट्र

शुक्रबार, ८ भदौ, २०८०
डिजिटल संस्करण

ब्रिक्स समूहमा अर्जेन्टिना, इजिप्ट, इथियोपिया, इरान, साउदी अरब र युएई  नयाँ सदस्य बन्ने भएका छन्। 

ब्रिक्स समूहमा सहभागी हुन पाएकोमा अरब लिगका महासचिव अहमद अबोल घेइतले बधाई दिएका छन्। हाल ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका समावेश रहेको उदीयमान अर्थतन्त्रहरूको ब्रिक्स समूहमा ती देशलाई सामेल हुन आह्वान गरिएको हो।

अरब राष्ट्रहरू ब्रिक्समा सम्मिलित हुनुले अन्तर्राष्ट्रिय निर्णय लिनका लागि अरब देशहरू महत्वपूर्ण साबित हुँदै गएको पुष्टि हुने उनले बताए। 

महासचिव घेइतले ब्रिक्स नेताहरू ब्रिक्समा अर्जेन्टिना, इजिप्ट, इथियोपिया, इरान, साउदी अरब र युएईलाई सामेल गर्नका लागि सहमत भएको बताए। 

यी ६ देशको सदस्यता १ जनवरी, २०२४ बाट लागू हुनेछ। सो कुरा दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले बिहीबार समाप्त भएको तीनदिने ब्रिक्स शिखर सम्मेलनको क्रममा पत्रकार सम्मेलनमा जानकारी दिए। 

[सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।]

सुझावित समाचार