‘मिस नेवाः नेपाल’को उपाधि सकिना महर्जनलाई

बुधबार, ६ भदौ, २०८०
डिजिटल संस्करण

नेवार समुदायका युवतीबीचको सौन्दर्य प्रतियोगिता ‘मिस नेवाः नेपाल’को उपाधि सकिना महर्जनले जितेकी छिन्। कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको फिनालेमा मिस नेवाः नेपालको उपाधि सकिनाले हात पारेकी हुन्। 

१७ युवतीबीच भएको १७औँ संस्करणको मिस नेवाः नेपालअन्तर्गत, फर्स्ट रनरअपको उपाधि ऋषिदा श्रेष्ठ र सेकेन्ड रनरअपको उपाधि मिनासा महर्जनले जितिन्।

नेप्लिज फेसन होमको आयोजनामा नेवार समुदायका युवतीबीचको सौन्दर्य प्रतियोगिता ‘मिस नेवाः नेपाल’को कार्यक्रम भएको थियो। 
 

सुझावित समाचार