बाल सुधारगृहबाट भागे डेढ सयभन्दा बढी कैदी

सोमबार, ४ भदौ, २०८०
डिजिटल संस्करण

बाल सुधारगृह सानोठिमीबाट अपराधमा मुछिएका डेढ सयभन्दा बढी भागेका छन्। सुधारगृहमा रहेका दुई सय ५६ जनामध्ये ३२ महिला र केही पुरुष बाँकी रहेको बताइएको छ।

भाला, छुरी लिएर आएका केही व्यक्तिले डेढ सयजनाभन्दा बढी कैदीलाई पछाडिको ढोका फोडेर भगाएको प्रहरीले जनाएको छ। उक्त घटनामा केही प्रहरी घाइते भएका छन्। 

एकजना १८ वर्षको कैदी खुट्टामा घाउ भएर नागरिक अस्पताल लगेकोमा उपचारका क्रममा मृत्यु भएपछि आफन्तले बिहान सुधारगृहअगाडि विरोध प्रदर्शन गरेका थिए। 

विरोध प्रदर्शनको केही समयपछि कैदीहरू पछाडिको ढोका फोडेर भागेका थिए। फरारमध्ये केहीलाई समातिएको छ। अहिले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

भागेका डेढ सयजना कदै सम्पर्कमा रहेको सुधारगृहका निर्देशक केशव सिलवालले जानकारी दिए। घटनाबारे विस्तृत विवरण आउन बाँकी छ। 
 

सुझावित समाचार