साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा सामान्य सुधार भएको छ। सेयर बजार परिसूचक नेप्से ८.०१ अंकले बढेर २०३३.१३ विन्दुमा पुगेको छ।
आझ म्युचल फन्डबाहेक अरू समूहको सेयर सामान्य अंकले बढेको छ। आज ४० लाख नौ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ५४ करोड १३ लाख रुपैयाँबराबरको कारोबार भएको छ। आज सबैभन्दा धेरै सोल्टी होटेलको १३ करोड ७१ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
सबैभन्दा धेरै बढ्नेमा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ फन्ड १० प्रतिशत तथा लिबर्टी इनर्जी कम्पनीको सेयर साढे नौ प्रतिशतले बढेको छ। समग्रमा बजार सामान्य रूपमा बढे पनि लक्ष्मी इक्विटी फन्डको सेयर भने साढे सात प्रतिशतले ओरालो लागेको छ।