मर्चवारीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अर्यालसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा

बुधबार, ३१ साउन, २०८०
डिजिटल संस्करण

रुपन्देहीको मर्चवारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्यालसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। 

विकास निर्माणका परियोजनाबाट कमिसन खान छुट्टै खाता खाेलेर लाखौँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो। 

प्रमुख प्रशासकीय अधिकृत अर्यालविरुद्ध १३ लाख ४५ हजार रुपैयाँ भ्रष्टाचार गरेको भन्दै बिगो दाबी गरिएको छ भने उनका छोरा पवनकुमार अर्यालविरुद्ध  मतियारको कसुरमा अधिकृत अर्यालविरुद्धकै (१३ लाख ४५ हजार रुपैयाँ) बिगो दाबी गर्दै मुद्दा दायर भएको छ। 

यस्तै, वडासचिव गुलाव यादवविरुद्ध दुई लाख, वडा नम्बर ३ का तत्कालीन वडाध्यक्ष नारायणबहादुर यादवविरुद्ध पाँच लाख, समृद्ध नेपाल इनर्जी, रुपन्देहीका प्रोपाइटर विनोदबाबु तिवारीविरुद्ध ८५ हजार, तत्कालीन गाउँ कार्यपालिका सदस्य राजेश हरिजनविरुद्ध तीन लाख ६० हजार र मानसरोवर टेक्निकल ट्रेनिङ इन्स्टिच्युट, रुपन्देहीका प्रोप्राइटर अमरिश यादवविरुद्ध दुई लाख बिगो दाबी गर्दै विशेषमा मुद्दा दायर भएको आयोगले जनाएको छ। 
    

सुझावित समाचार