विराटनगर बजारभित्र ठूला मालवाहक सवारी प्रवेशमा रोक

बुधबार, ३१ साउन, २०८०
डिजिटल संस्करण

विराटनगर महानगरपालिकाले बजारभित्र ठूला मालवाहक सवारीसाधन प्रवेशमा रोक लगाएको छ।

सहरभित्रको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन र सडकको सुरक्षाका लागि  महानगर क्षेत्रभित्रका मुख्य राजमार्गबाहेकका सहायक तथा भित्री सडकखण्डमा ६ चक्केभन्दा ठूला मालवाहक सवारीसाधन प्रवेशमा महानगरपालिकाले रोक  लगाएको हो।

सडकको क्षमताभन्दा बढी भार भएका मालवाहक सवारी प्रवेश गर्दा निर्माण भएको छोटो समयमै भत्किने समस्या बढ्न थालेको र ट्राफिक व्यवस्थानमा पनि बाधा पुगेकाले सहरभित्र ठूला सवारीसाधन प्रवेशमा रोक लगाउनुपरेको महानगरका अध्यक्ष नागेश कोइरालाले बताए।

महानगरको घोषणापछि अबदेखि विराटनगरभित्र ढुवानीका साधनले सम्बन्धित ठाउँ र पार्किङस्थलमा मात्रै लोड–अनलोड गर्नुपर्नेछ। विराटनगरको मुख्य बजार क्षेत्रभित्र निर्माण सामग्री तथा ढुवानीका सामग्री बोकेका ६ चक्केसम्मका मालवाहक सवारीसाधनहरू राति मात्र आवतजावत गर्न पाउनेछन्।

सुझावित समाचार