जग्गाको कित्ताकाट र नामसारी खुल्यो, मन्त्रिपरिषद्बाट भूउपयोग नियमावली स्वीकृत

मंगलबार, ३० साउन, २०८०
डिजिटल संस्करण

सरकारले लामो समयदेखि रोकिएको जग्गाको कित्ताकाट खोल्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले भूउपयोग नियमावली पास गरेसँगै कित्ताबाट खोल्न बाटो खुलेको हो। 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले कित्ताकाट, नामसारीलगायत जग्गासम्बन्धी हालसम्म रोकिएका सबै काम फुकाउने गरी भूउपयोग नियमावली पारित भएको जानकारी दिए। 

‘जग्गाको कित्ताकाटसम्बन्धी अहिलेसम्म रोकिएको अवस्था थियो, कित्ताकाट नामसारीलगायतका जग्गासम्बन्धी हालसम्म रोकिएका सबै कामलाई फुकाउने गरी भूउपयोग नियमावली क्याबिनेटले पास गरेको छ,’ मन्त्री ज्वालाले भने। 

सुझावित समाचार