गृहमन्त्रीले राजीनामा नदिए आमरण अनशन बस्छु : सुनील शर्मा

सोमबार, २९ साउन, २०८०
डिजिटल संस्करण

सांसद सुनील शर्माले आफ्नो पक्राउविरुद्ध आपत्ति जनाएका छन्। सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले पक्राउविरुद्ध आपत्ति जनाएका हुन्।

२५ साउनमा उनलाई नक्कली शैक्षिक प्रमाणपत्रको कसुरमा नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूराेले पक्राउ गरेकाे थियाे। जिल्ला अदालतकाे आदेशपछि  उनी २६ साउनमा रिहा भएका थिए। 

आफूलाई पक्राउपूर्जी समेत नदिएरै पक्राउ गरेको बताउँदै उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा नदिए आमरण बस्ने चेतावनी दिए।

सुझावित समाचार