तीन जिल्लाका सिडिओ हेरफेर

सोमबार, २२ साउन, २०८०
डिजिटल संस्करण

गृह मन्त्रालयले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ । खोटाङ, अछाम र जाजरकोटमा नयाँ सिडिओ पठाइएको हो । 

खोटाङमा सहसचिव सन्तबहादुर सुनुवारलाई जिम्मेवारी दिइएको छ । खोटाङमा सिडिओ रहेका भोराज खतिवडामाथि भ्रष्टाचार मुद्दा दायर भएपछि उनी निलम्बनमा परेका थिए । 

त्यस्तै, अछाममा शरदकुमार पोखरेललाई पठाइएको छ । उनी मोरङमा सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत थिए ।  जाजरकोटमा उपसचिव सुरेश सुनुवारलाई सिडिओमा खटाइएको छ । सुनार गृह मन्त्रालयमा कार्यरत थिए ।

See More On

सुझावित समाचार