३ प्रश्न

बुधबार, १७ साउन, २०८०
डिजिटल संस्करण

संसदीय समितिहरूले लामो समयसम्म नेतृत्व नपाउनुको कारण के हो ? 
यस विषयमा स्वयं सभामुखले पनि प्रश्न उठाइरहनुभएको छ । हामीले पनि आज (मंगलबार) को कार्य व्यवस्था परामर्श समितिको बैठकमा गम्भीरतापूर्वक कुरा उठाएका छौँ । सभामुखले फरक समितिमा नाम परेका सदस्यलाई फरक समितिमा ल्याएर सभापति बनाउनुपर्ने भए पनि आजै नाम दिनुहोस् भन्नुभयो । तर, एमाले सचेतकले संसदीय छानबिन समिति नबनाएसम्म संसद् चल्नै नदिने अडान लिनुभयो ।

उहाँहरूकै गलत अडानका कारण सभामुखले रुलिङ गरिसकेको लम्पी स्किनलगायन विभिन्न समसामयिक विषयमा मन्त्रीहरूले संसद्मा जबाफ दिने मौका पाउनुभएको छैन । सुन प्रकरणमै पनि मन्त्रीको जबाफ सुनौँ र चित्त नबुझेमा के गर्ने भन्ने विषयमा छलफल गरौँला भन्दा पनि उहाँहरू मानिरहनुभएको छैन । 

नेतृत्व चयन हुन नसक्दा संसदीय काम  कारबाहीमा समस्या पर्दैन ?
किन नपर्नु ? समयमै नेतृत्व चयन हुन सकेको भए संसद् चल्न नसकेको दिनमा पनि मिनी संसद् चलिरहन्थ्यो । विभिन्न समसामयिक विषयमा छलफल हुन्थ्यो । अहिलेका सुनलगायत प्रकरणमा पनि त्यहाँ छलफल हुन्थ्यो । तर, नेतृत्व नहुँदा मिनी संसद् चल्न सकेका छैनन् । 

अब कहिलेसम्ममा समितिले नेतृत्व पाइसक्लान् ?
हामीले विभिन्न दलका विशेष बैठक या स्थापना दिवसका दिनमा संसद्मा बिदा दिने गरेका छौँ । त्यसैले, भोलिदेखि माओवादीको बैठक सुरु हुँदै छ । आगामी पाँच दिन संसद् चल्दैन । त्यसबीचमा शीर्ष तहका नेतृत्वबीच समेत छलफल गरेर समस्याको समाधान निकाल्छौँ । अनि त्यसपछि बस्ने संसद्बाट नेतृत्व चयन गर्छौं । 

सुझावित समाचार