एनसेलको ‘बिन्दास डेटा प्याक’ सार्वजनिक

सोमबार, १५ साउन, २०८०
डिजिटल संस्करण

एनसेल आजियाटा लिमिटेडले प्रयोगको समयमा आधारित ‘बिन्दास डेटा प्याक’ नामक योजना ल्याएको छ । ग्राहकले जुनसुकै समय, जुनसुकै ठाउँ र प्रयोजनका लागि प्रयोग गर्न सक्ने पाँच घन्टाको अनलिमिटेड डेटा प्याक ल्याएको हो ।  यो प्याकको मूल्य ७५ रुपैयाँ तोकिएको छ ।

प्याकको समयावधि तीन दिनको रहेको जनाइएको छ । यसको अर्थ, ग्राहकले कुनै डेटा भोल्युम सीमाविना तीन दिनसम्म कुल पाँच घन्टाका लागि अनलिमिटेड डेटा सेवा पाउने कम्पनीले जनाएको छ । 

सुलभ दरमा निश्चित अवधिका लागि डेटा सेवा आवश्यक रहेका ग्राहकका लागि यो बिन्दास डेटा प्याक उत्तम विकल्प हुने कम्पनीको दाबी छ । कम्पनीले हालै मात्र बिन्दास भ्वाइस प्याक पनि ल्याएको छ । जसमा ग्राहकले २५ रुपैयाँमा १२ घन्टा (बिहान पाँच बजेदेखि साँझ पाँच बजेसम्म) कुनै पनि नेटवर्कमा कुराकानी गर्न मिल्ने टकटाइम लिन सक्ने जनाइएको छ । 

See More On

सुझावित समाचार