यी प्रदेशमा भारी वर्षाको सम्भावना

शुक्रबार, १२ साउन, २०८०
डिजिटल संस्करण

हाल नेपालमा मनसुनी वायुका साथै भारतको उडिसा र आन्ध्र प्रदेशआसपास रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । साथै मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त मौसमी प्रणालीको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोसी र बागमती प्रदेशका थोरै स्थानमा साथै गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

दिउँसो कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ ।

रातिको समयमा पनि कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ । आज काठमाडौं उपत्यकामा बिहानैदेखि हल्का वर्षा भइरहेको छ ।

See More On

सुझावित समाचार