कांग्रेस महासमिति बैठक मंसिर ११, १२ र १३ मा काठमाडौंमा हुने

बुधबार, १० साउन, २०८०
डिजिटल संस्करण

कांग्रेसले मंसिरमा काठमाडौंमा महासमितिको बैठक बोलाउने निर्णय गरेको छ। आज सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले आगामी मंसिर ११, १२ र १३ गते महासमिति बैठक बोलाउने निर्णय गरेको हो। 

नीति अधिवेशनमार्फत गर्ने निर्दिष्ट कार्य गर्ने गरी महासमितिको बैठक काठमाडौंमा बोलाउने निर्णय गरिएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए। 

कांग्रेसको केन्द्रीय विधान २०१७ संशोधनसहितको धारा १७ को उपधारा ५ बमोजिम १४ औँ महाधिवेशनले नीति अधिवेशन गर्ने निर्णय गरेको थियो। नीति अधिवेशनसम्बन्धी निर्णय अब सोही महासमिति बैठकले गर्नेछ।

सुझावित समाचार