३ प्रश्न

बुधबार, १० साउन, २०८०
डिजिटल संस्करण

कांग्रेस केन्द्रीय समिति बैठकको निर्णयमा कस्तो अपेक्षा छ ? 
आजको दिनसम्ममा बाहिर उठिरहेका विभिन्न समसामयिक विषय पार्टी बैठकमा पनि उठेका छन् । भ्रष्टाचार र सुशासनमाथि प्रश्न उठेका छन् । सरकार सञ्चालन, पार्टीकोे आन्तरिक जीवन, पार्टी विधिविधानमा चलेन भन्ने आमप्रश्न छ । सबै प्रश्नलाई कांग्रेसले समेटेको हुनुपर्छ । पार्टीलाई सक्रिय बनाउने कार्यक्रम र राष्ट्रिय अभियानका विषय समेटिनुपर्छ । आमनागरिकले चासो राखेका विषय अनिवार्य रूपमा समसामयिकतालाई समेटेर आयो भने मात्र कांग्रेस बैठकको सार्थकता पुष्टि हुन सक्छ । 

लामो समयपछिको बैठक सञ्चालनको अवस्था कस्तो रह्यो ?
बैठक सामामाजिक सञ्जालमार्फत ‘लाइभ’ रुपमा सञ्चालन भयो । सबै साथीहरूले आआफ्नो धारणा राख्नुभएको छ । लामो समयपछिको बैठक भए पनि यसपटक ७ मिनेटमात्रै केन्द्रीय सदस्यका लागि समय छुट्याइयो । छोटो समयमा सबै विषय समेटिन सकेन तर, सबैले धारणा राख्ने अवसर पाउनुभयो । पदाधिकारीले ध्यानपूर्वक पूरा समय सुन्नुभयो । अब यसरी थोरै समयमा बोलिएका विषय निर्णयमा समेटिनुपर्छ । धारणा राख्ने क्रममा उठेका प्रश्न बोल्नका लागि मात्रै बोलिएजस्तो हुनु हुँदैन निर्णय सबैको अपनत्व हुनेगरी हुनुपर्छ ।

बैठकपछि कांग्रेसले कस्तो बाटो तय गर्ने देख्नुहुन्छ ?
तत्कालका लागि त केन्द्रीय समिति बैठकलाई कार्यतालिकामा निरन्तर गर्न सकियो, सदस्यतामा खुलापन र  भ्रष्टाचारका विषयमा निर्मम भएर आयो भने पनि ठूलो परिवर्तनको आधार बन्छ । अहिलेको अवस्थामा देखिनेगरी सामान्य परिवर्तन मात्रै आउँदा पनि धेरै राहत हुन्छ ।
 

सुझावित समाचार