काठमाडौंको कान्तिपथमा भेस्पा र अप्रिलियाको नयाँ सोरुम सञ्चालनमा आएको छ । भेस्पा र अप्रिलियाको नेपालका लागि आधिकारिक विक्रेता डेल्टा अटोकर्व प्रालिले सञ्चालनमा ल्याएको सोरुमको भेस्पा र अप्रिलिया इन्डियनका कन्ट्री प्रमुख भानुप्रकाश सुधले उद्घाटन गरेका हुन् ।
डेल्टा अटोकर्पका प्रबन्ध निर्देशक पुल्कित भिमसरिया र कम्पनीका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजयकुमार महतोको उपस्थितिमा भएको उद्घाटनमा उनले आफ्ना ग्राहकलाई सरल गराउन विभिन्न ठाउँमा आफ्नो सोरुम र सर्भिस सञ्चालनमा ल्याउने जानकारी गराए ।
कम्पनीले काठमाडौंका विभिन्न स्थानका साथै उपत्यकाबाहिर ५० भन्दा बढी ठाउँमा आफ्नो सेवा–सुविधा प्रदान गर्दै आएको जनाइएको छ ।