सौरमासअनुसार साउनको दोस्रो सोमबार आज बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको भिड लागेको छ। साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले शिवालयमा पूजा, आराधना गर्ने वैदिक कालदेखिको परम्परा छ।
यस वर्ष साउन २ गतेदेखि अधिकमास सुरु भएकाले साउन महिनाको सोमबार व्रत बस्नु हुने वा नहुने भन्नेमा धर्मशास्त्रीबीच मतान्तर छ। जसका कारण गत हप्ता अर्थात् साउन १ गते सोमबारभन्दा भक्तजनको संख्या केही घटेजस्तो देखिन्छ।
साउनको १, ८, १५, २२ र २९ गते सोमबार परेको छ। साउन १ गतेबाहेकका सबै सोमबार भने अधिकमासभित्र परेका छन्। यसै अवसरमा भक्तपुरस्थित दत्तात्रेय मन्दिरमा दर्शनार्थीको भिड लागेको छ।
.jpg'_'.2023-07-24.jpg)
.jpg'_'.2023-07-24.jpg)
.jpg'_'.2023-07-24.jpg)
.jpg'_'.2023-07-24.jpg)
.jpg'_'.2023-07-24.jpg)
.jpg'_'.2023-07-24.jpg)
.jpg'_'.2023-07-24.jpg)
.jpg'_'.2023-07-24.jpg)